
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृ शोक परेको छ । उहाँकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो ।
थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समवेदना व्यक्त गर्नुभएको छ। हिजो जनयुध्दको बेला सँगै होमिएका बादल र प्रचण्ड स्कुल पढ्दादेखिकै साथी हुनुहुन्छ। बादल प्रचण्डसँग राजनीतिक असहमति राख्दै हाल एमालेमा रहनु भएको छ।