बसपार्कमा दशैँका लागि घर जान टिकट काट्नेहरूकाे घुइँचाे

काठमाण्डाै – आजबाट दशैँका लागि काठमाण्डाैबाट घर जान अग्रिम टिकट बुकिङ खुला गरिएकाे छ । याेसँगै काठमाण्डाैकाे नयाँबसपार्कमा टिकट काट्नेहरुकाे घुँइचाे लागेकाे छ ।
यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ गतेदेखि सार्वजनिक बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो । आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाण्डाैको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ ।
नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । काठमाण्डाैबाट दशैँको समयमा लाखौं यात्रुले उत्पत्यका छोड्छन् । यातायात व्यवस्था विभागले दशैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाण्डाैसम्म अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक ट्रेलरलगायतका ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आवतजावत गर्ने ठाउँका गाडीका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथासक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय विभागले यसअघि नै गरेको थियो । यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ ।

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ खुला, कहाँ जान कति भाडा ?

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation