हार्न सिकौँ तर आत्महत्या नगरौं: मेयर बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असफलताले मानिसलाई धेरै कुरा सिकाउने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले राजधानीमा आइतबार आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले भने, ‘असफलताले धेरै कुरा सिकाउँछ, हार्न सिकौं मान्छे हारिराख्नुपर्छ ।’
हारबाट मानिसले साहस देखाउन र अर्को जित हासिल गर्न सिक्ने शाहको भनाइ छ । आत्महत्या रोज्नुअघि मानिसले साहसता देखाउनुपर्ने उल्लेख गर्दै शाहले भने–‘मेहनत गर्न र साहस प्रदर्शन गर्न सिक्नुपर्छ ।’
आफु सँधै गणितमा फेल हुनेगरेको उदाहरण दिँदै शाहले विद्यार्थीलाई हौसला दिँदै भने, ‘सँधै म्याथमा फेल हुन्थेँ, इन्जिनियर भएँ ।’ स्कुल तहमा हारजित र थोरै नम्बर आउँदा हरेश खान नहुने उनले बताए । शाहले भने, ‘ हारजित र नम्बर थोर भएर केही फरक पर्दैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation