बलिउडका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ ।

बलिउडका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । आज बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारकै क्रममा ५८ वर्षीय राजुको निधन भएको हो ।

करिब डेढ महिनाअघि हृदयाघात भएपछि उनको आइसीयुमा राखेर उपचार भईरहेको थियो । लामो समयमा कोमामा रहेका हास्यकलाकार राजुको आज मृत्यु भएको हो ।

उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation