भीमफेदीमा मिनिबस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको एसपी गौतमले जानकारी दिए । उनले भने–‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’ मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation