
आजदेखि यो वर्षको दशैं शुरु भएको छ । नवरात्रको पहिलो दिन आज हिन्दु धर्मावलम्बीहरुले घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आरधना थालेका छन् । दशैंको पहिलो दिन देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
घरको पूजा कोठा वा दशैँ घरमा विधिपूर्वक घटस्थापना गर्ने धार्मिक परम्परा छ । शैलपुत्रीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आरधना गरिन्छ ।
घटस्थापनासँगै काठमाडौँ उपत्यका र मुुलुकका विभिन्न शक्तिपीठमा पूजा र दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।