न्युरोड क्षेत्रमा सवारी साधन प्रवेश निषेध

राजधानीको व्यस्त नयाँ सडक ९न्युरोड० क्षेत्रमा सवारी साधनको प्रवेश निषेध गरिएको छ । दशैंको भीडमा सर्वसाधारणको सहजताको निम्ति मोटरसाइकल, स्कुटरदेखि सबै खालका सवारी साधनको प्रवेशमा रोक लगाइएको बताइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो क्षेत्रको सवारी चापलाई दृष्टिगत गरी यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रे सवारी साधानलाई मिति तोकेर प्रवेश निषेध गरिएको छ ।

जसअनुसार आज घटस्थापनाको दिन, आगामी शुक्रबार, शनिबार तथा फुलपातीको दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation