खाद्य संस्थानमा खसीबोका किनबेच सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री सुरु गरेको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिएको हो ।
दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार दुई सय ५० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार १ सय ५० रुपैयाँमा खरिद गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation