मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।
त्रिवेणी नगरपालिका(७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्।
उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।
बुधबार त्रिवेणी(७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराममाथि वडा अध्यक्षको संलग्नतामा कुटपिट भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation