देशभर १०७७ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि

हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित १०७७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण निको हुनेको संख्या ७० जना थपिएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७ मा सीमित भएको हो ।
सोही अवधिमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्युदर शून्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation