मोरङमा उपरचारको क्रममा रहेका दुई कैदी फरार

मोरङमा उपचारको क्रममा रहेका दुई जना कैदी फरार भएका छन्।

शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० शान्तिराज कोइरालाले जानकारी दिए। कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्।

झापा जिल्‍ला कारागारका उनीहरूमा क्षयरोग देखिएपछि उनीहरूलाई विराटनगर ल्याइएको थियो।
हेमरम जबरजस्ती करणी र गुरूङ लागु औषध मुद्दाको सजाय भुक्तान गरिरहेका व्यक्ति हुन्। हेमरमलाई २०७५ सालमा १२ वर्ष कैद सजाय तोकिएको थियो।

यस्तै गुरूङसँग १० हजार धरौटी माग गरिएकोमा तिर्न नसकेपछि कैद सजाय भोगिरहेका हुन्।

क्षयरोग लागेपछि हेमरम गत असार १३ गते र गुरुङलाई भदौ ७ गते झापाबाट विराटनगर अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालयले उनीहरूको खोजी गरिरहेको जनाएको छ।

यस्तै उनको सुरक्षाका लागि खटिएका दुई जना सिपाहीलाई निलम्बन गर्ने तयारी समेत रहेको कोइरालाले बताए।

‘यसमा हामीले आन्तरिक रूपमा छानविन पनि थालिसकेका छौं,’ उनले भने, ‘दुई जनालाई निलम्बन गरी र कमान्डरलाई विभागीय कारबाही गर्ने तयारी छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation