रामापुर क्यापसमा क्याम्पस प्रमुख नियुक्ती प्रक्रियामा भयको राजनितिप्रती छ दलको आपत्ति

सैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ ।

निवर्तमान क्याम्पस प्रमुख यदुलाल पन्थ आफ्नो कार्यकाल सकिनै लाग्दा मिति २०७९/०६/१३ गते नारायण पोखरेल रामापुर क्याम्पसको विधान परिच्छेद ४ को दफा १५ को उप दफा ‘ग’ बमोजिम पदावधि सकिने र २०७९/०६/१४ गते देखि लागु हुने गरि संचालक समितिले अर्को क्याम्पस प्रमुख नियुत्त नगरुन्जेल कार्यबाहक क्याम्पस प्रमुखमा विष्णु प्रसाद अर्याललाई नियुक्ति गर्नुभयो । संचालक समितिका कार्यबाहक अध्यक्ष कष्ण प्रसाद पोख्रेलले भने समय अवधि सकिएको भन्दै संचालक समितिको बैठक विना जगलाल गिरीलाई कार्यबाहक क्याम्पस प्रमुखको नियुक्ति पत्र थमाउनु भयो ।      यसरी यौटा प्रतिष्ठित शैक्षिक सस्थामा मा गरियको राजनितिप्रती ६ राजनीतिक दलले खेद प्रकट गर्दै , यस्तो तुच्छ खालको राजनिती नगर्न आग्रह गर्दै छिटोभन्दा छिटो समस्याको आग्रह गर्दै नेकपा माओबादिका नारायण महत, रास्ट्रय जनमोर्चाका गणेश गौतम, नेकपा एकीकृत समाजबादिका देबराज पौडेल , नेकपाका तेजेन्द्र थापा, नेकपा क्रान्तिकारी माओबादिका एकदेब पौडेल , रास्टृय जनमुक्ति पार्टीका मुक्त बहादुर थापाद्वारा हस्ताक्षरित बिग्यप्तिमा भनियको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation