सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो।
असोज २० गते काठमाडौं ओर्लिएलगत्तै पक्राउ परेका लामिछानेलाई प्रहरीले हतकडी लगाएर प्रहरी कार्यालय पुर्‍याएको थियो।
आज म्याद थपका लागि अदालतमा उपस्थित भएका सन्दीपको हातमा हतकडी थिएन। उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।
अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation