
धनुषामा करेन्ट लागेर एक अधवैंशे महिलाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका–८ कचुरी बस्ने ४५ वर्षीया प्रेमकुमारी यादवको करेन्ट लागेर हिजो दिउँसो निधन भएको हो ।
सुत्ने कोठा नजिकै रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको निम्ति अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।