इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो

२८ असोज, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज ९शुक्रबार०देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो ।

सार्वजनिक निष्कासनको लागि खुला गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ता सेयरका सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले १ कात्तिकसम्म आवेदन दिन सक्छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने कम्पनीले प्रकाशित परेको आहृवापत्रमा उल्लेख छ । आईपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा निष्कासनको लागि एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावितलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो ।
कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म आयोजना स्थल भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानियलाई सेयर निष्कासन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर निष्काशनको गर्ने अनुमति पाएको थियो।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, र मेरो मेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस (आईएस०’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले भोजपुर मै १४।१ मेगावाटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानीयलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको सेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation