बुटवल बसपार्क व्यवस्थित हुँदै, निःशुल्क वाईफाइ, शौचालय र पिउने पानीको व्यवस्था हुने

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल ९नयाँ बसपार्क० व्यवस्थित गर्न निर्देशन दिएका छन् । बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन दिएका हुन्।

नगरप्रमुखको निर्देशनअनुसार अबदेखि बसपार्कभित्रको शौचालय सुविधा र पिउने पानीको सुविधा निशुल्क हुने भएको छ । बसपार्कभित्र भीडभाड बढ्ने गरी राखिएका ठेला र अन्य व्यवसाय हटाउने, विश्रामस्थल निर्माण गर्ने, निशुल्क वाईफाई सुविधा जडान गर्ने काम अघि बढाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए।

‘बसपार्क एकदमै अव्यवस्थित र फोहोर भएकोले यसलाई व्यवस्थित गर्दै आवश्यक सुविधाहरु थप गर्नका लागि प्रमुखज्यूले निर्देशन दिएका छन। उनका अनुसार बसपार्कभित्र सुरक्षाका लागि सीसीटीभी जडान गर्ने, विश्रामस्थलमा दुईवटा टेलिभिजन सेट राख्ने, नियमित सरसफाइ गर्ने व्यवस्था मिलाइनेछ । यसअघि बुटवल उपमहानगरपालिकाले दशैंलाई लक्षित गरेर बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी यात्रु तथा यातायात मजदुर, सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation