क्षेत्र नं.५का गठबन्धनका साझा उमेदवारलाई जिताउन हरेक मतदाताको घरदैलोमा पुग्ने नेता पोख्रेलको प्रतिबद्धता

नेपाली काङगे्रसका प्रभावसालि नेता विष्णु पोख्रेलले गठबन्धन दलका नेता भरतकुमार साह, बिनोद पहाडि र फखरुद्दिन खान को पक्षमा व्यापक जनमत सिर्जना गर्नुपर्ने भन्दै आज एक लामो फेसबुक स्टाटस लेख्दै आम नेता कार्यकर्ता र जनतालाइ आव्हान गरेका छन ।

उनि नेपालि काङग्रेको रुपन्देहि क्षेत्र नं. ५ को क मा उमेदवारी दियपनि गठबन्धन दलको केन्दीय सहमति अनुरुप क्षेत्र नं. ५ को (क)मा माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रको तर्फवाट संविधान सभा सदस्य तथा पार्टिका केन्द्रीय सदस्य बिनोद पहाडी गठबन्धन दलकाृ तर्फवाट साझा उमेदवार भएसंगै गठबन्धनका साझा उमेदवारलाई विजयी बनाउन हरेक मतदाताको घरदैलोमा पुग्ने प्रतिबद्धता पोख्रेलले व्यक्त गरेका छन ।
हेर्नुहोस जस्ताको तस्तै

अहिले हामी संघ र प्रदेश निर्वाचनको सम्मुखमा छौँ । गतिशिल सरकारका माध्यमबाट आर्थिक सामाजिक विकासलाई गति दिन र प्रतिगमन परास्त गर्नका निम्ति सुनौलो अवसरमा डटेर लोकतन्त्र र नेपाली काङ्ग्रेसको पक्षमा जनमत बनाउन अपरिहार्य छ ।
म स्वयं पनि रुपन्देही क्षेत्र नं ५९१० को प्रदेश सभा सदस्य पदमा नेपाली काङ्ग्रेसको तर्फ बाट आधिकारिक उम्मेदवार बन्दै व्यापक उपस्तिथिमा माला र नाराका साथमा मनोनयन गरेको कुरा यहाँहरुलाई सर्वविदितै छ । त्यस पश्चात् म कटिबद्ध रुपमा चुनावि प्रतिस्पर्धाको मैदानमा उत्रिएको थिए, त्यस अवधिमा अतुलनीय सहयोगका हात उठेका थिए । कतै नितान्त मेरा निम्ति आएका अडिग मत र मनका आश्वासनले मन प्रफुल्ल भएको थियो । जसरी पनि विजयी हासिल गर्ने उदेश्यले साथीहरू मैदानमा सरिक थिए, हाम्रो मानसपटलमा विजयिको महुशुस भएको थियो ।
विडम्बना अन्तिम नामावली प्रकाशनमा बेखवरमा नै उम्मेदवार माथिबाटै फिर्ता गरेको सुचनाले आफू माछो(माछो भ्यागुतोको संज्ञामा सर्पले भ्यागुतो खेलाए जस्तै खेलौना भएको अनुभुतीका साथ मानसपटलमा अत्यन्तै चिन्ताजनक र तनावग्रस्त अवस्थाले गति लिग्यो । लडाउने त आफ्नैहरु हुन् पराइ त झुक्किएर ठोक्किए पनि माफी माग्छन् भन्ने अनुभव मैले आकस्मिक शिक्षा बाट प्राप्त गरे । विजयको सुनिश्चितता देखेर बिचलित पार्न जग बाटै परास्त गर्ने षड्यन्त्रका तानामुनाहरु बुनेको कुरा स्पष्ट छ । म मात्रै सक्षम उम्मेदवार हो भन्ने घमण्ड मेरो होइन कि, सर्वसम्मतमा भएका निर्णयहरु अन्तिम समयमा सल्लाह बिना तानाशाह प्रवृतिमा भंग गरिनु बफादार सिपाहि माथिको राइफल चलायेर सजाय गरायेको पक्कै हो१
तर पुर्ण विराम लाग्नु अन्त्य मात्र होइन, अर्को वाक्यको सुरुहुने संकेत हुनु पनि हो । यद्यपि मलाई प्रतिनिधि बनाउन तत्पर मतदाताहरुलाई धैर्य रहि निर्वाचनमा सहभागी हुन अपिल गर्दछु । किनकी तपाईंले अपेक्षा गरेको उम्मेदवार राजनैतिक संघर्षमा पटक पटक सिन्की बनेका तिता अनुभवहरु छरपस्ट छन् । तपाईंहरुको यात्री विचलित बनाउने रणनीति भएता पनि विचलित छैन जब सम्म भौतिक शरीर छ तब सम्म पार्टी र जनभावनाका लागी दौडिरहन्छ । नेविसंघ हुँदै पार्टि संगठनमा आइपुग्दा जनभावनाका साथ आन्दोलनमा नेतृत्व गर्दा दर्जनौ पटक घाइते भइ संगठनका लागि पेन किलरका इन्जेक्सन लगाएको यो शरीर अझै पनि पार्टिका लागि गर्दनको बलिदान गर्नपनी तयार रहनेछ । त्यसैले तपाईंहरु चिन्ता मुक्त हुन जरुर छ । लुम्बिनी प्रदेशको राजधानी बहुसंख्यक जनभावनाका आधार र भौतिक पुर्वाधारले पुर्ण रुपन्देही स्थापित गर्नका निम्ति मरिमेटी लाग्यौं( त्यसैको आन्दोलन बाट हिरासतमा परि उपियाँ र उडुसको टोकाइ सहेको ताजै छ । प्रदेश राजधानी बुटवलमा नै हुनुपर्छ भन्ने थिएन तर राष्ट्रियता भनेको भुगोल मात्र होइन जनताको जनभावना पनि हो । अतस् राष्ट्रियताका लागि गरेको कसरत तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारको कारण मिथ्या बन्न पुग्यो । त्यति मात्र होइन, मेरै नेतृत्वमा अखण्ड लुम्बिनी प्रदेशका लागी संघर्ष गरि सारा माहोल यस्तो हुन सक्यो । पहाड र तराईको सम्बन्धलाई नङ र मासु जस्तै बनाउँंदै प्रदेश कायम गर्यौं । जनभावना, राष्ट्रियता र लोकतन्त्रका लागि भोलिका दिन पनि मेरो योगदान निरन्तर रहने कुरामा प्रतिबद्ध छु ।
र, मेरो नाममा पार्टिको निर्देशन र नीति नाघ्ने हल्ला चल्छ भने त्यो नितान्त निर्वाचनको लागि प्रतिपक्षीको नारा सम्झेर भ्रम मुक्त हुनुहुन सबैमा अनुरोध गर्दछु । बरु सेरिन र रेटिन तयार छु तर पार्टिको पद्धति र निर्देशन भन्दा बाहिर, जनभावना भन्दा बाहिर म बाट हुन सक्दैन । आगामी निर्वाचन बाट विजयिको माला पहिरन रुपन्देही क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य पदमा विकासका पर्यायवाची नेता मेरा आदरणीय अभिभावक भरत कुमार शाह ज्यु निर्वाचनको मैदानमा हुनुहुन्छ । लेखा समितिका सभापति र पुर्व मन्त्री रहिसक्नु भयेका आदरणीय नेता भरत कुमार शाह ज्यु यो क्षेत्रका मणि हो । रुपन्देही क्षेत्र नं ५ अब मणि बिना कल्पना गर्न नसक्ने भएको छ ।उहाँ मेरो राजनैतिक अभिभावक हो उहाँलाई जिताउनु मेरो कर्तव्य हो । पार्टी प्रणालीमा दलिय निर्णय सर्बोपरी हो१प्रतिगमनको परास्त पार्नको लागि निर्मित गठबन्धन बाट प्रदेश ९१० मा विनोद पहाडी ज्यु उम्मेदवार हुनुहुन्छ । यहाँहरुलाई विजयिको लागि अग्रिम शुभकामना व्यक्त गर्दै समस्त मतदातामा यहाँहरुलाई मतदान गर्न अपिल गर्दछु । मन(शान्ति,एकाग्रता र धैर्यताको लागि केही समय ध्यान सँग नजिक हुनुपर्ने बाध्यात्मक अवस्था हुँदा बाह्य प्रत्यक्ष सम्पर्कमा आउन रोकिएको थिए तर समय छोटो भएकाले लगत्तै निर्वाचन प्रचारप्रसारमा कटिबद्ध लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । जय नेपाल ।
( विष्णु पोख्रेल
सदस्य
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्य समिति रमहासमिति सदस्य रुपन्देही ५

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation