दाङ २ मा शंकर पोखरेललाई रेखा शर्माको टक्कर

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा दाङले धेरैको चासो खिच्ने देखिन्छ। दाङका तीनै क्षेत्रमा चर्चित उम्मेदवारहरू चुनावी मैदानमा छन्।

त्यसमध्ये दाङ (२ मा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

घोराहीमै घर भएका पोखरेल यसअघिको चुनावमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरालाई प्रतिनिधिसभा छोडेर मुख्यमन्त्री हुन प्रदेश झरेका थिए।
उनी एमालेका वैचारिक नेता हुन्। नीति र सिद्धान्तका कुरा गर्ने उनलाई मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको प्रखर व्याख्याता मानिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वास पात्र र अध्यक्ष केपी ओलीका उत्तराधिकारीको रूपमासमेत एमालेजनले पोखरेललाई हेर्ने गरेका छन्।

अर्कोतिर माओवादीकी नेता शर्मा पार्टीभित्र उदयीमान, प्रतिभाशाली नेता हुन्।

संघीय सरकारमा मन्त्री भइसकेकी उनले माओवादी केन्द्रकै शक्तिशाली नेता महरालाई विस्थापित गरेर टिकट पाएकी हुन्। कानून बनाउनका लागि हुने संसदीय छलफलमा सक्रिय थोरै सांसदमध्ये शर्माको नाम आउँछ। माओवादीका सांसदमध्ये उनीलगायत दुई(तीन जना मात्रै कानून बनाउने छलफलमा नियमित र सक्रिय देखिन्थे।

पार्टीमा उदयीमान शर्मा र शक्तिशाली पोखरेल बीचको प्रतिस्पर्धालाई दंगालीहरूले रोचक मानेर हेरेका छन्।

सत्ता गठबन्धन र एमालेले स्थानीय तह निर्वाचनमा ल्याएको मत परिणामले पनि यी दुवैबीच कडा टक्कर हुने देखाउँछ।

दाङ –२ मा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका छन्। तुलसीपुर उपमहानगरका १६, १७, १८, १९ नम्बर वडा पनि यही क्षेत्रमा छन्।

यो क्षेत्रमा पर्ने तीन पालिकाका वडाध्यक्षको मत गन्ने हो भने गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामअनुसार सत्ता गठबन्धन अगाडि छ।

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको मत जोड्दा कुल ३६ हजार एक सय ४६ छ।

नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूको पनि ३३ हजार ५९३ मत छ।

शर्माले २०६४ सालको संविधान सभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन्। जतिखेर दाङमा ५ निर्वाचन क्षेत्र थिए। त्यो बेला सबै क्षेत्र माओवादीले ‘क्लिन स्वीप’ गरेको थियो।

रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश मानिस रोल्पाबाट बसाइँ सरेर आएका छन्। आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन्। त्यसको लाभ रेखालाई हुनेछ।

उनी मन्त्री हुँदा र राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेता हुन्। त्यसको लाभ उनले उठाउन सक्छिन्। यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्र पनि हो। त्यसैले उनलाई थप फाइदा हुन सक्छ।

पोखरेल २०५१ सालमा पहिलो पटक दाङ२ बाट चुनाव जितेर प्रतिनिधि सभा सदस्य भएका थिए। त्यसपछि अहिलेसम्म उनी प्रतिनिधि सभा चुनाव जितेका छैनन्।

२०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर २ बाट शंकर पोखरेललाई हराउँदै कांग्रेसका कृष्णकिशोर घिमिरे निर्वाचित भएका थिए। २०६४ सालमा भएको संविधान सभा निर्वाचन त माओवादीले सबै क्षेत्र क्लिन स्वीप गरेको थियो।

२०७० सालमा भएको दोस्रो संविधान सभा चुनावमा पनि पोखरेल हारेका थिए। २०७४ सालमा उनले माओवादी केन्द्रका कृष्णबहादुर महरालाई छोडे। पोखरेले २ ९क० बाट विजयी भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation