थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation