सैनामैना नगरले बाँड्यो भुमिहिनलाई लालपुर्जा

सैनामैना नगरपालिकाले  भूमिहिन जनतालाई मालिक बनाउने अभियानलाई सार्थकता दिईको छ ।सदियौँ देखि जोगभोग गर्दै आएका जनताले गाउँब्लकको जग्गा धनी प्रमाण पत्र पाए संगै खुशी भएका छन् ।आज एक कार्यक्रमको आयोजना गर्दै साविक दुधराक्ष र गजेडी गाविसका ६२५ जनालाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

सो गाउँब्लक जग्गाधनी दर्ता प्रमाण पत्र सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्मा र उपमेयर विना मगर तथा नापी बिभाग रुपन्देहीका कर्मचारी लगायतको संयक्त टिमले प्रदान गरेका हुन् । गाउँब्लक जग्गाको लालपुर्जाका लागी गत मंसिर महिना देखि गृहकार्य सुरु गरिएको थियो । लालपुर्जा पाएसगै जनताले खुशी ब्यक्त गर्दै सिंहदरबारमा भएको अधिकार गाउँगाउँमा आएको अनुभुति गर्न गरेका छन् ।

सोही कार्यक्रममलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले वर्षौदेखि समस्यामा रहेको गाउँब्लकलाई जग्गा धनीको प्रमाण पत्र दिन नगर सफल भएको बताएका छन् ।भोगचलन गर्दै आएका तर पुर्ण रुपमा आफनो हक दावि गर्न नपाएका गाउँब्लकलाई लालपुर्जा दिएको मेयर शर्माले बताए ।

जनताको माँझ जहिले झुठको खेति गरि चुनावको बेला लालपुर्जा दिन्छु भन्ने तर चुनाव सकिएपछि नदिने जस्ता कार्यहरु भईरहेको भन्दै आफुहरुले चुनाव सकिएपछि पुर्जा दिएको बताए ।उनले सुकुम्बासीहरुलाई जग्गाको मालिक बनाउन नगरले नापी प्रक्रियालाई तिव्र रुपमा अघि बढाएको बताएका छन।

भुमिहिन दलित,अब्यवस्थित बसोबासीहरुको समस्या सामाधन गर्न सैनामैना वडा न १, ७ र ८ मा नापी जारी रहेको र अन्य वडामा पनि नापजाँच गरि तत्काल पुर्जा दिनेमा नगर दत्तचित्त भएर लागेको मेयर शर्माले जानकारी दिए ।नगरको पुर्वाधार संगै सामाजिक विकासमा जनप्रतिनिधी लागीरहेको तर्क गर्दै मेयर शर्माले समृद्धि नगरपालिका बनाउन सवैको साथ र सहयोग हुन जरुरी रहेको कुरा औँल्याए ।

 

यस्तै,सैनामैना नगरपालिका उपप्रमुख विना राना मगरले नगरको आधार ः उत्पादन,पर्यटन र पुर्वाधार भन्ने नारा सहित अघि बढेको बताईएकी छन् ।उपप्रमुख रानाले वर्र्षौदेखि समस्याको रुपमा रहेको गाउँब्लक तथा एैलानी जग्गाको जग्गा धनी प्रमाण पत्र दिन नगर अग्रसर रहेको बताईकी हुन् ।

नापी कार्यालय भैरहवा तथा सैनामैना नगरपालिकाको आयोजनामा नगरपालिकाको परिसरमा भएको कार्यक्रम नापी कार्यालयका अधिकृत ईन्जिनियर सन्दीप ढकालको अध्यक्षता,सैनामैना वडा न ५ का वडा अध्यक्ष धन प्रसाद पौडेलको स्वागत तथा नापी कार्यालयका ईन्जिनियर कपिल ज्ञवालीको संञ्चालनमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation