
अर्घाखाँचीको शितगंगा नगरपालिका २ झिर्रा गाउँका ७९ वर्षीय रामबहादुर क्षेत्रीको भालुको आक्रमणमा परि मृत्यु भएको छ ।
बुधवार बिहान घरबाट गाउँ जाने क्रममा ओखरी भन्ने ठाउँमा भालुले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । भालुको आक्रमणमा परि उनको घटनास्थलमै मृत्यु भएको हो । क्षेत्रीको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।