सभामुखको निर्वाचन माघ ५ गते

काठमडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकिएको छ ।

प्रतिनिधि सभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ ५ गते बिहीबार सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् । उनले संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमलाई माघ ३ गते निर्वाचनको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएका छन् ।

प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation