आज माघे संक्रान्ति, कन्दमूलमा नेपाल आत्मनिर्भर

आज माघ १ गते माघे संक्रान्ति हो । आजको दिनलाई माघी दिवसको रुपमा पनि मनाइन्छ । विशेषगरी थारु र मगर समुदायले माघी पर्वलाई धुमधामसँग मनाउँछन् । आजदेखि सूर्य उत्तरायण हुने भएकाले अब जाडो कम हुँदै जाने विश्वास गरिन्छ ।

माघे संक्रान्तिका अवसरमा तरुललगायत कन्दमूल, घिउ र चाकु, तीलका लड्डु खाने प्रचलन छ । यी खानेकुराले शरीरलाई न्यानो राखेर जाडोबाट बचाउने धार्मिक तथा वैज्ञानिक विश्वास छ । केही दिनदेखि बजारमा विभिन्न किसिमका तरुल, सखरखण्ड, पिँडालु बिक्रीका लागि राखिएका छन् । कतिपय वनबाट ल्याइएका तरुल भएकाले तुलनात्मक रुपमा महँगो छ ।

नेपालमा उत्पादन हुने यस्ता कन्दमूलमा आत्मनिर्भर रहेको बताइएको छ । तर, सखरखण्डमध्ये अधिकांश भारतबाट आयात गरिने व्यापारीहरुको भनाइ छ । पिँडालु पनि कतिपय भारतबाट ल्याउने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation