सामाजिक न्यायका लागि सैनामैनामा आधारभुत तालिम दिन सुरु

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण सम्बन्धि विषयमा प्रशिक्षण दिन सुरु गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्रप्रसाद शर्माले मेलमिलापकर्ताहरुको माध्यमबाट गाउँघरमा हुने झैझगडा लगायतका मुद्दा मामिला मिलाउन सफलता मिल्ने विश्वास व्यक्त गर्दै तालिमबाट सहजकर्तामा मेलमिलाप गराउन थप उर्जा थपिने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका संस्थापक मेयर चित्रबहादुर कार्कीले न्यायिक समितीले कसैलाई काखा र कसैलाई पाखा गरे वास्तविक पीडितले न्याय नपाउने भएकोले मेलमिलापकर्ताहरुले तालिम पाएपछि प्रभावकारी न्याय सम्पादन हुने बताउनु भयो । उहााले न्यायीक समिति राजनीतिबाट अलग हुनसकेमात्रै वास्तविक पीडितले न्यायको अनुभूति गर्ने बताउनु भयो ।

सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत जनक थापाले स्थानीय तहमा न्याय सम्पादनमा मेलमिलापकर्ताहरुको भूमिका प्रभावकारी वनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले विगतमा मेलमिलापकर्ताहरुले गरेको सहजीकरणले धेरै मुद्दा अदालत जानबाट रोकिएको र त्यसले समाजमा सकारात्मक सन्देश गएको पनि उल्लेख गर्नुभयो ।

सैनामैना नगर उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रणबहादुर खनाल, नेकपा एमालेका नगर अध्यक्ष नारायण न्यौपाने, प्रमुख प्रशिक्षक सिताराम अधिकारी लगायतले बोल्नुभएको थियो । सैनामैना वडा न .८ का वडा सदस्य नारायण न्यौपानेको स्वागत तथा वडा न.४ का वडाअध्यक्ष राम प्रसाद अधिकारीको सन्चालनमा उदघाटन सत्र सम्पन्न भएको हो । मंगलवारदेखि सुरु भएको तालिम माघ ९ गते सम्म हुनेछ । तालिममा १०७ जना मेलमिलापकर्ताको सहभागीता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation