सैनामैनामा यात्रुवाहक माईक्रोबस र स्कारपियो ठोक्कियो

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका झारबैरा भन्ने स्थानमा यात्रुवाहक माईक्रोबस र स्कारपियो पिकअप ठोक्किएका छन्। दुर्घटनामा १० जना घाईते भएका छन्।

उक्त दुर्घटनामा परी घाईते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको र अन्य ५ जनाको सामान्य अवस्था रहेको प्रहरीले बताएको छ।

 

लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा टाफिक ब्यवस्थापन कार्यालयका अनुसार सैनामैना नगरपालिकाको मुर्गियाबाट बुटवल तर्फ आउदै गरेको उक्त माईक्रोबस र बुटवलबाट मुर्गिया जादै गरेको स्कारपियो पिकअप जिप पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत झारबैरा भन्ने स्थानमा ठोक्किएका हुन।

घाईतेहरुलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा ल्याईदै गरेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation