
आज महाशिवरात्रि पर्व । पशुपति क्षेत्रमा रौनक देखिएको छ ।
देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात् पशुपतिनाथको पूजा गर्ने भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ ।
शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा देश—विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ ।
शुक्रबार रातिदेखि नै पशुपति क्षेत्रमा बाबाहरू बिन्दास बनेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउ अवलोकन गर्न लायक छन् ।