सैनामैना महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुँदै

फागुन १६, सैनामैना ।
पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुने भएको छ ।

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुन लागेको हो ।
स्थानीय स्तरमा भएको प्रतिभाहरु प्रस्फुटनसहित कला क्षेत्रको संरक्षण गर्ने उद्देश्यसहित लोक गीत प्रतियोगिता आयोजना गरिएको साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोक गीत प्रयोगितामा प्रथम हुनेले नगद २१ हजार, द्धितीय हुनेले नगद १४ हजार,तृतिय हुनले नगर ७ हजार र शान्त्वना हुनले नगद ४ हजार प्राप्त गर्नेछन् ।
फागुन १७ गते साझ ५ बजेसम्म महोत्सव सचिवालयमा आई आवेदन फारम भर्न सकिने आयोजकले जनाएको छ । सैनामैना व्यापार संघको आयोजनामा यहि फागुन १७ देखि २८ गते सम्म सैनामैना २ कालिकाचोक स्थित मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै मेला सुरु हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation