नेकपा (माओवादी केन्द्र) सैनामैनाद्धारा शोक सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टि(माओवादी केन्द्र) का प्रदेश कमिटि सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का सह–इन्चार्ज भोलानाथ बस्यालको ममतामयी आमा दनिकुमारी बस्यालको मिति २०७९–११– १९ गते शुक्रबारका दिन ७१ वर्षको उमेरमा भएको असहमायिक निधन प्रति दुःख व्यक्त गर्दै आज नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले शोक सभा सम्पन्न गरेको छ ।

आज सैनामैना वडा नं. ६ निवासी भोलानाथ बस्यालको निवासमा गई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव चन्द्र प्रकाश खनाल (बलदेव), प्रदेश कमिटि अध्यक्ष सुर्दशन बराल, नेकपा (माओवादी केन्द्र) रुपन्देही संयोजक नारायण जि.सि.(निर्मल), अमर रोका, दिपिका शर्मा, चन्द्र घर्ती, दानबहादुर घर्ती, पुष्प शर्मा, मान बहादुर महत (नारायण), दिपक भण्डारी, राजेन्द्र घिमिरे, दोर्ण जि.सि.,महेन्द्र भुसाल, मौसमी थापा मगर, रोमनाथ न्यौपाने, तेजेन्द्र सुवेदी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation