अन्सारीको परिवारका अनुसार ४ जनाको समूहमा आएका उनीहरु भारतीय सेतो बोलेरो गाडीमा आएका थिए । उनीहरुले लेनदेन सम्बन्धी कुरा गर्नुछ भन्दै गाडीमा हालेर हुइक्याएर लुम्बिनीको ककरहवा नाकाबाट भारत तर्फ लिएर गएको सुरक्षा श्रोतले बताएको छ । अन्सारीलाई अहिले बर्डपुर बाट लेनदेन विषयमा पक्राउ गरिएको भन्दै लोटन थाना सिद्धार्थनगरमा राखिएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाको ५० मिटर अगाडीबाटै भारतीय सुरक्षाकर्मी हथियार सहित नेपाल प्रवेश गरि नेपाली व्यापारीलाई अपहरण गरि गाडीमा लिएर लुम्बिनी हुदै भारत लैजादा सम्म सुइको समेत पाएका छैनन् । परिवारले तत्काल वडा प्रहरी कार्यालयलाई जानकारी गराएपनि प्रहरीले तत्काल एक्शन नलिएको उनीहरुको गुनासो छ । मंगलबार मात्रै हाजिर भएका प्रहरी निरिक्षक शेखर जंग मल्लले घटना लाई वेवास्ता गर्दा ठूलो बनेको छ । उनले घटना बारे जिल्लालाई समयमै जानकारी नगराएको र आफुले पनि गम्भिरताका साथ नलिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मिनबहादुर घलेले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।
लेनदेन सम्बन्धी सामान्य विषय देखाएर नेपालबाट अपहरण गरि भारत लगिएका अन्सारीलाई भारतीय सुरक्षाकर्मीले भारत विरोधी गतिविधीमा संलग्न भएको आशंकामा लगेको बताइन्छ । चन्द्रौटा बजारबाटै व्यापारी अपहरित भएपछि स्थानीय व्यवसायीले सुरक्षामा गम्भीर लापरवाही भएको भन्दै विरोध गरेका छन् । श्रोत : प्रेस पाटी ।