भाग्य भन्दा, मिहेनत गरेर काम गरे प्रतिफल अवश्य पाइन्छ : नगर प्रमुख फणेन्द्र

सैनामैना नगरपालिकामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुलाई नि: शुल्क १ महिने एडभान्स जुत्ता तथा चप्पल बनाउने तालिम र १० दिने नि:शुल्क रेश्मको धागो तथा क्रिष्टल माला चुरा तथा औंठी बनाउने तालिम आजबाट सुभारम्भ भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले यो तालिममा भाग लिगे पछि सानो लगानीमा राम्रो प्रतिफल दिने र समय सबैको वरावर हो त्यसैले हामीले हाम्रो भाग्यलाई भन्दा नि मेहेनत गरेर राम्रो काम गर्नु पर्छ प्रतिफल अवश्य पाइन्छ, तालिम वा शिप लिगे पछि व्यवहारमा उतार्न सक्ने हो भने बल्ल तालिम लिगेको फाईदा हुन्छ । यो तालिमबाट गाउँ घरका महिलाले राम्रो आर्थिक स्थर हुने हुदा यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तर दिने समेत धारणा राख्नु भयो ।

 

महिला तथा बालबालिका शाखा सैनामैनाका प्रमुख, व्यावस्थापन संस्थाका प्रमुख, जनप्रतिनिधि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ‌।

उक्त महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुलाई १ महिने एडभान्स जुत्ता तथा चप्पल बनाउने तालिममा श्याम नेपाली र सुनिता कँडेल सापकोटाले प्रशिक्षकको भुमिका निभाउनु हुनेछ भने नि: शुल्क १० दिने रेश्मको धागो तथा क्रिष्टलका माला, चुरा तथा औंठी बनाउने तालिमको प्रशिक्षण नन्द कुमार चौधरीले दिनुहुनेछ ।
कार्यक्रममा पचास भन्दा बडि महिला तथा किशोरीहरु एडभान्स जुत्ता चप्पल तथा क्रिष्टलका माला, चुरा तथा औंठी बनाउने सिक्नका लागि तालिममा भाग लिएका छन् ।

कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले गर्नुभएको थियो भने कार्यक्रमा स्वागत मन्तव्य प्रशिक्षक सुनिता कंडेल सापकोटा र कार्यक्रमको सञ्चालन सुनिता पाठकले गर्नुभएको थियो ।
ए फोर ट्रेनिङ सेन्टर र ग्लोबल ट्रेनिङ सेन्टरको व्यवस्थापन तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सुभारम्भ भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation