कञ्चन गाउँपालिकामा नेतृत्व तथा क्षमता विकास उद्घोषण तालिम सम्पन्न

रुपन्देहीको कञ्चन गाउँपालिकामा संस्थागत नेतृत्व तथा क्षमता विकास सम्वन्धि उद्घोषण तालिम सम्पन्न भएको छ । गत सोमबारदेखि सुरु भएको ४ दिने तालिमको बिहिबार समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपप्रमुख मौसमी थापा मगरले महिला शिक्षित भए मात्र परिवार समाज लगायत देश विकसीत हुने बताउदै जनयुद्ध पछिमात्र महिलाहरुको भुमिका देखिन थालेको बताउनुभयो । साथै उहाले महिला शसक्तीकरण लागि पालीकाले उद्घोषण लगायत बिभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले तालिमले महिलाहरुको क्षमता अभिबृद्धि गरेको भन्दै सामाजिक परिवर्तनका लागि महिलाहरुको भुमिमा प्रमुख हुनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका सदस्य कुमारी घर्तिले महिलाहरु शिक्षित र सजग नभएसम्म पालिकालाई सक्षम बनाउन कठिनाई हुने बताउँदै आगामी बर्षमा पनि यस प्रकारका तालिमलाई प्राथमिकता दिने बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षकको तर्फबाट बोल्दै नबिन घिमिरे स्थानीय तहले भौतिम निर्माणमा मात्र नभइ मानवीय विकासका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिमा क्रियाशिल आमा समूहका ७५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिको तर्फबाट कमला बिश्वकर्मा र दुर्गा आचार्यले बोल्नुभएको थियो । कार्यक्रम दिलु पुनको सञ्चालनमा सम्पन्न भएको हो । कञ्चन गाउँपालीकार्ले सबल कञ्चन हाम्रो अभियार्न भन्ने संकल्पका साथ बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation