छाडा चौपाया व्यवस्थापनमा चुक्यो सैनामैना, कृषि योग्य जमिन वाझै रहने संकेत

सैनामैनाको प्रमुख व्यापारिक र कृषि क्षेत्र सालझण्डी,कलौनि र मुर्गियाको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन ।

स्थानीयले आवाज उठाउँदा झिनो प्रयास भएपनि समस्याको स्थायी समाधान भने हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै कृषि योग्य जमिन जोगाउन मुस्किल हुदै गएको छ । सैनामैनाको सालझण्डीमा कृषि योग्य जमिन छाडा चौपायकै कारण बाझो राख्न परेको स्थानिय हरि घिमिरेले बताए । यस्तै सालझण्डीमै व्यबसायिक कृषि गर्दै आएका प्रेमनारायण पाण्डेले १० कठ्ठा जमिनमा काक्रा, बोडि, टमाटर लगाउदै आएका छन्, ति छाडा चौपाय नियन्त्रण गर्न असि हजार बराबरको तार–जालिले घेर्दा लगानि कहिले उठ्ने हो चिन्तीत मुद्रामा उनले भने । सैनामैनाले यस बिषयमा ठोस कदम चालोस भन्ने कृषकको माग छ ।

कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । त्यसो त सवारीले पशु चौपायालाई सडकमै मार्ने र महिनौंसम्म सडक दुर्गन्धित हुने घटना नयाँ होइन ।

सम्बन्धित निकायको उदासिनताले बजार क्षेत्रमा पछिल्लोपटक बढेको छाडा चौपायाले सवारी अवागमनमासमेत समस्या पैदा गरेको सर्वसाधारणको गुनासो छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ ।

 

अनधिकृत रूपमा सडकमा छाडिएका पशु चौपायाले सडक ढाकिदिँदा जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । बीच सडकमा छाडा पशुले बाटो छेकेर बस्छन्, कतिबेला दुर्घटनामा पर्ने हो ठेगान हुँदैन । नगरपालिका छाडा पशु चौपाया नियन्त्रणका लागि गम्भीर हुनुपर्ने स्थानीयको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation