सैनामैनामा आज गजल साँझ हुने

नयाँ वर्ष २०८० सालको अवसरमा सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले गजल साँझ तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

रुपन्देहीको सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सैनामैना को पर्यटन प्रवर्धन गर्न निकै ठुलो योगदान हुने आयोजक संस्था नमुना यूथ क्लवका अध्यक्ष महेश अधिकारीले बताउनुभयो ।
क्लवले यो कार्यक्रमको पुर्व सन्धयामा इगुरिया पिक्निक क्षेत्र सरसफाई, रक्तदान कार्यक्रम र विभिन्न सामाजिक सेवामा लागिरहेको छ ।

नयाँ वर्षमा नयाँ उत्साहका साथ विभिन्न क्षेत्र घुम्न जाने आन्तरिक वा बाहृय पर्यटकलाई सैनामैनामा कसरी ल्याउन सकिन्छ भनेर सरोकार निकायसंग छलफल गर्दै आज गजल साँझ र सांस्कृतिक कार्यक्रम राखेको बताइएको छ ।
आज साँझ ५ बजेखि सैनामैना वडा नं। ६ इंगुरिया पुल जगैमा गजल साँझ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नयाँ वर्षको शुभकामना आदान प्रदानलाई गजलमय बनाउनको लागि कार्यक्रमको आयोजनान गर्न लागिएको उहाँले बताउनु भयो । कार्यक्रममा गजलकार दिवाकर भण्डारी र केवि धुँवालेको विशेष प्रस्तुती रहेन छ । भने कार्यक्रमको संचालन संस्थाकी चर्चित उद्घोषिका पुजा घिमिरेले गर्नुहुने बताइएको छ ।
यस्तै गजलसँगै कार्यक्रममा विभिन्न कलाकारहरुको सांस्कृति प्रस्तुती समेत रहने अधिकारीले जानकारी दिनुभयो । सैनामैना नगरपालिका वडा नं ६ कार्यक्रमको संरक्षक रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation