सैनामैनामा वडा स्तरीय मेलमिलाप केन्द्र उद्घाटन

सैनामैनाको वडा नं. ११ मा न्यायिक समितिको कार्यलय उद्घाटन गरिएको छ ।

आज बुधबार सैनामैना नगरपालिका वडा नं. ११ को वडाकार्यलय भित्रै न्यायिक समिति कक्ष उद्घाटन गर्दै सैनामैना नगरपालिकाका न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख बिना राना मगरले सकभर झै झगडा – बेमेल नहोस भन्ने चाहाना वडाबासी र नगरकै रहेको छ । यदि कथमकदाचित समाजिक मनमुटाव आए मेलमिलाप कर्ताहरुले दुवै पक्षको जित हुने गरि मेलमिलाप गराउन र समृद्ध समाज निर्माणमा सबैको हातेमालो जरुरी रहेको बताउनु भयो ।

सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी र स्वागत मन्तव्य नगर स्तरीय न्यायिक समिति सदस्य नरायण न्यौपाने, वडा सदस्य, न्यायिक समिति सदस्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation