कञ्चनमा पोषणमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

रुपन्देहीको कञ्चन गाउँपालिकामा मंगलवार पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनको लागि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको तालिममा पोषण, कुपोषण, लुम्विनी प्रदेशमा पोषणको अवस्था, बालमैत्री र पोषणमैत्री स्थानीय शासनको अवधारणा, अन्तरसम्वन्धित पक्षहरु, रणनीति र घोषणाका चरणहरु विषयमा छलफल भएको थियो ।
त्यसैगरी कृषि, पशुपंक्षी, शिक्षा तथा खानेपानी र सरसफाई तथा महिला तथा बालबालिका र स्थानीय प्रशासन, शासकीय प्रवद्र्धनका बिषयमा छलफल भएको थियो ।
तालिममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, प्रशासकीय अधिकृत सागर गौतम, स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतम लगायतले बालबालिकाको पोषणमैत्री सुरक्षाको बिषयमा चर्चा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation