बजेट तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै वाणगंगा नगरको तेहौं नगरसभा स्थगित

कपिलवस्तु । वाणगंगा नगरपालिकाको आ.ब.२०८०/८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै स्थगित भएको छ । नगर प्रमुख चक्रपाणी अर्यालले तेहौं नगर सभाको अध्यक्षता गरेलगत्तै नगर सभा शुरु भएको थियो । सभामा वाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरीले बजेट प्रस्तुत गर्दागर्दै विचैमा स्थगित भएको हो । बजेट तथा कार्यक्रम प्रस्तुत भइरहेको बेला सभाका सदस्य विष्णु प्रसाद पौडेलले समकक्षी वडाध्यक्ष विना कारण डिभिजन बन कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको विषयलाई आपत्ती जनाउदै सभा स्थगित गर्न माग गर्नुभयो । वाणगंगा १० का वडा अध्यक्ष तथा नगर सभा सदस्य यम प्रसाद पोखरेलाई विना कारण डिभिजन बन कार्यालय कपिलवस्तुले गैर कानुनी ढंगले नियन्त्रणमा लिएको विषय स्वीकार्य नहुने बताउदै पौडेलले नगर सभा स्थगित गर्न माग गर्नुभयो ।सभाका अध्यक्ष नगर प्रमुख चक्रपाणी अर्यालले नगर सभा सदस्यको माग वमोजिम नगरसभा संचालन कार्यविधी, २०७४ को दफा १९ वमोजिम अर्को सूचना जारी नभएसम्मका लागि वैठक स्थगित भएको जानकारी गराउनुभयो ।

No description available.
वाणगंगा नगरपालिकाले आ.ब. २०८०/८१ को कुल १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगर उपप्रमुख रीता कुमारी चौधरीले बजेट कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, उद्यमशिलता विकास र आयआर्जन, दिगो र वातावरण मैत्री पूर्वाधार विकास र विपद् व्यवस्थापन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, सार्वजनिक सेवा प्रवाह र मानव संसाधन विकास जस्ता क्षेत्रमा मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation