सैनामैनामा पनि आँखा पाक्ने रोगको संक्रमण बढ्दै

नरेश चौधरी, सैनामैना, श्रवण १९ ।
पछिल्लो समय सैनामैना लगाएयत रुपन्देहीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । आत्याधिक गर्मी तथा वर्षात्को समय रहेकाले यस रोग प्रकोपको रुपमा फैलिएको छ । जस कारण बालिबालिका, युवा, वृद्धवृद्धाहरु सबै प्रभावित भएका छन् ।

रोगको संक्रमण बढे संगै स्वास्थ्य संस्थामा यस रोगको औषधीको अभाव देखिन थालेको छ । आँखा पाक्ने रोग फैलिएपछि आँखा अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले सैनामैनामा रहेका सामुदायीक उपचार केन्द्रमा बिरामीको चाप बढेको छ । यता संक्रमण फैलिए संगै आवश्यक सतर्कता अपनाईएको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले बताउनु भयो ।

संक्रमण फैलिन थालेको थाहा पाउने वित्तिकै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक औषधि खरिद, जनचेतना अभिवृद्धि लगायतका काम तत्काल अघि बढाउने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताउनु भयो । आँखा पाक्ने रोगका संक्रमित भेटिएपछि नगरपालिकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी बालबालिकामा बढी संक्रमण फैलिरहेको सन्दर्भमा विद्यालय संक्रमणको इपिसेन्टर हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ ।

यस रोगको संक्रमण भएमा बढी भिडभाडमा नजाने, आँखा हातले नछुने, सावुनपानीले हात सफा गर्ने लगायतका सावधानी अपाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमण भएपछि आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । अहिले फैलिएको संक्रमणले दृष्टिबिहीन नबनाए पनि आँखाको सेतो भागमा असर पार्न सक्ने भएकाले जोखिम भने रहेको चिकित्सकहरुले बताउने गरेका छन् । संक्रमण भएपछि औषधिले एक हप्ता सम्ममा निको हुने कुनै जटिलता भएमा स्वास्थ्य संस्थामा सम्र्पक गर्न स्वास्थ्य शाखा प्रमुख न्यौपानेले आग्रह गर्नु भये ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation