सैनामैनाको वडा नम्बर एकले गर्यो देशकै नमुना काम, योजनाको रकम बचत गरेर नगरलाइनै फिर्ता

उपभोक्ता समितिले बर्सेनि कति बजेट खर्च गर्छन्, कुनकुन काम गर्छन्, कस्ता कामहरू गरे भन्ने खर्च र कामको अभिलेख नहुँदा पारदर्शिता र जवाफदेहितामा बर्सेनि प्रश्न उठ्दै आएको छ, तर रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १, मा भने उपभोक्त समितिले एक उदाहरणीय काम गर्दै उपभोक्ता समिती मार्फत काम गरि बचेको ७लाख ५७ हजार रुपैया फिर्ता गरेको छ ।

आर्थिक बर्ष २०७९र८० का लागि वडा नम्बर १ मा रहेको पाँच मिटर भन्दा तल बाटो स्तरउन्नती ३५ लाख र ५सय मिटर भन्दा माथी बाटो स्तरउन्नती ४२ लाख गरि कुल ७७ लाख रकम वडा मार्फत बजेट परेको थियो । यसै उपभोक्ता समितिले काम गरि बचत गरेको ७ लाख ५७ हजार रुपैया सैनामैना नगरपालिका वडा नम्वर १ का अध्यक्ष भुवन क्षेत्री मार्फत नगरपालिकालाइ नै फिर्ता गरेका छन ।

आज एक कार्यक्रमको आयोजना गरि उपभोक्ता समितिका अध्यक्ष नारायण पाण्डे र फटिक केसिले उक्त रकम वडा नम्बर १ का वडा अध्यक्ष भुवन क्षेत्री लाइ हस्तान्तरण गरेका हुन ।
मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गरि सुशासनको प्रत्याभूति दिन सफल सैनामैना १ नमुना वडा बनेको छ । उपभोक्ता समिति बनाएर मनपरी खर्च गर्ने क्रम मौलाएको बेला यो सार्वजनिक खरीद व्यवस्थापनमा सुशासन खोजिरहेकाहरूका लागि सुखद् कुरा हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सैनामैनाका मेयर फणीन्द्र प्रसाद शर्माले भने राजनीतिक पहुँच भएकाहरूले उपभोक्ता समिति बनाउँछन् उनीहरूको नै हालीमुहाली छ । खास उपभोक्ताभन्दा बढी राजनीतिक नेता–कार्यकर्ता यसमा संलग्न हुन्छन् भन्ने आम बुझाइलाइ सैनामैनाले गतिलो सन्देश दियको बताउदै देश अब सुसासनको दिसामा अघि बढेको बतायका छन ।

यस्तै कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवन क्षेत्री ले भने मितव्ययिता, गुणस्तरीयता वा दिगोपन अभिवृद्धिको उद्देश्यबाट निर्माणजन्य काम गर्न कानूनले दिएको सुविधाका आधारमा बनेका उपभोक्ता समितिले यस्तै काम गर्दै गय प्रधानमन्त्री पुस्पकमल दाहाल ूप्रचण्डूले देखेको भ्रष्टाचार रहित समाजको सपना पूरा हुने भन्दै उपभोक्त समितिलाई मुक्तकन्ठले प्रशंसा गरे । राजनीतिक र प्रशासनिक नेतृत्वसँग साँठगाँठ गरेर उपभोक्ता समितिलाई अनियमित उपार्जनको स्रोत बनाउने क्रम पछिल्ला वर्षहरूमा झांगिएको बेला यस्तो उदाहरणीय काम गरेर देखाउन पाउँदा साच्चै जनताको प्रतिनिधि भयको महसुस भयको उनको भनाइ छ ।

यसो त सैनामैनाको वडा नम्बर १ सबै भन्दा धेरै बजेट पार्न सफल वडा हो । स्थानीय निर्वाचनमा नेकपा माओबादी केन्द्रको तर्फबाट यक मात्र निर्वाचित वडा अध्यक्ष हुन भुवन क्षेत्री, सैनामैना नगरपालिकाका भौतिक पुर्वाधार समितिका सयोजक क्षेत्री माओवादी केन्द्र सैनामैनाका लोकप्रिय नेताका रुपमा रहेका छन भने बचत रकम फिर्ता गर्ने उपभोक्ता समितिका अध्यक्ष नारायण पाण्डे माओवादि केन्द्र सैनामैना वडा नम्बर १ कै अध्यक्ष समेत हुन भने अर्का अध्यक्ष फटिक केसि नेपाली काङ्ग्रेस सैनामैना १ कै उपसभापति हुन ।

नारायण पान्डेको समिती  सचिबमा ने क पा एमाले का नगर कमिटी सदस्य सुशील भण्डारी फटिक के सि को समिती मा सचिब रास्ट्रीय युबा सङग सैनामैना का उपाध्यक्ष रोहित खनाल रहनु भयको छ साथै सैनामैना १ मा रहेका सम्पुर्न राजनितिक दलहरु बिकाश निर्माण को कार्य मा एकमत हुनुको साथै समिती बनाउदा पनि सबैको सहभागितामा निर्माण गरियको बताउनु भयो

अधिकांश स्थानीय तहमा उपभोक्ता समितिको आय–व्यय, अपेक्षित र वास्तविक लाभका साथै उपभोक्ताको योगदान र कार्यसम्पादन लगायत विषयमा सार्वजनिक सुनुवाइ र सार्वजनिक परीक्षण पनि गरिंदैन तर सैनामैनामा भने यो उदाहरणीय कार्य हो ।

कार्यक्रमा जिल्ला समन्वय समितिका सदस्य मञ्जु परियार, प्रेमलाल भूषाल, नर बहादुर सुनार, कमल प्रसाद पोखरेल, सुर्य विक्रम राना, राज बहादुर क्षेत्रि, तुलसि कुमार भूषाल लगायतको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation