सैनामैनामा थारु समुदायको वड्का अत्तवार विविध साँस्कृतिक कार्यक्रम सहित मनाईयो

सैनामैना, असोज ७ ।
रुपन्देहीको सैनामैना–४ स्थित रन्यौरामा थारु समुदायको मौलिक पर्व वड्का अत्तवारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु कल्याणकारी सैनामैना नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

पछिल्लो समयमा विभिन्न पर्वमा मौलिकता लोप हुँदै गएकाले संस्कृति संरक्षण गर्नु पर्ने सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो । थारु समुदायको आफ्नै छुट्टै किसिमको पहिचान रहेकाले थारुहरुको रितीरिवाज,संस्कृति,पहिचानलाई जोगाईराख्नका लागि नयाँ पुस्ता समेत यस तर्फ सचेत हुनुपर्नेमा उहाँले जोड दिनु भयो । थारु समुदायको संस्कृति संरक्षणका लागि नगरपालिकाले बजेट समेत विनियोजन गरेको उहाँले बताउनुभयो ।

थारु समुदायको संस्कृति लोभलाग्दो भएकाले संस्कृतिलाई व्यवसयिकता तर्फ लैजानु पर्नेमा सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले जोड दिनु भयो ।

सैनामैना वडा नं. ७ का वडा अध्यक्ष राजकुमार चौधरीले थारु समुदायको वडी अत्तवार पर्वमा एकरुपता हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाको योजना अनुसार थारु समुदायको बस्ति विकासका लागि उज्यालो गाउँ अभियान सञ्चानल गरिएको वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले बताउनु भयो ।

थारु संस्कृतिको पहिचान र भेषभूषा, भाष, कला, खानपान विविध संस्कृति संरक्षणका लागि यो कार्यक्रम गरिएको थारु कल्याणकारीणी सभा सदस्य दुलबहादुर थारुले बताउनु भयो ।
कार्यक्रममा ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, सैनामैना वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, थारु कल्याणकारी केन्द्रिय पर्सद रामबली चौधरी, थकस केन्द्रिया पर्सद खुसिराम चौधरी लगाएतले बडका अत्तवारका विषयमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

वड्का अत्तवार ३६५ दिनमा पर्ने अत्तवार भन्दा आजका दिन पर्ने अत्तवारलाई थारु समुदायमा विषेश रुपले मनाउनछन् । तिजको शुक्ला पक्षको पहिलो हप्तालाई नै बडका अत्तवारको रुपमा यो पर्व मनाउने चलन रहेको छ । भौगोलिक हिसाबले पुर्व र पश्चिम क्षेत्रमा रहेका थारु समुदायले आफ्नो मौलिकता अनुसार चार्डपर्व मनाउने गरेको पाईन्छ । यो पर्व थारु समुदायमा मात्र नभएर मधेस क्षेत्रमा अधिंकाश बसोबास गर्ने नेपालीहरुले यो पर्व मनाउने गरेका छन् । वड्का अत्तवारको दिन नुन हालेको नखाने र गुलियो चिजका साथै मिठा मीठा परिकार बनाएर खाने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation