बजार अनुगमनका नाममा झारा टार्दै सैनामैना नगरपालिका : जनप्रतिनिधी देखिन्नन, कर्मचारी हाबी !

रमेश गैरे, सैनामैना ।
चाडपर्व लक्षित भन्दै सैनामैना नगरपालिकाले शुरु गरेको बजार अनुगमन झारा टार्ने प्रबृतीको देखिएको छ । नगरपालिकाको बिभिन्न वडाका बजारमा केहि दिनदेखी देखिएको अनुगमन टोली नै फितलो देखिन्छ ।

बिहिबार वार्ड नम्बर ८ को बासगढी बजारमा न अनुगमन समितीको संयोजक उपप्रमुख बिना राना थिइन न जनप्रतीनिधी नै देखिए । सिमित केहि कर्मचारीहरुले किरानादेखी खाधान्न सम्मका पसल चहार्दै थिए । यो एक खालको झारा टार्ने प्रबृति देखिएको छ , स्थानीय युवा सागर पन्थ भन्छन – उपभोक्तालाइ ढाड सेक्ने गरी महङो हुदा सम्बन्धित निकायले ध्यान दिन सकिरहेको छैन । जताततै बिकृती छ , यसलाइ रोक्न सरोकारवालाहरुले क्षणीक पहल मात्र गर्नु भएन निरन्तर रुपमा अभियान नै चलाउनुपर्छ । २, ४ जना कर्मचारीको भरमा मात्रै अनुगमन हुदा साना ब्यबसायीलाइ ऐन ठुलालाइ चैन हुने सम्भावना हुन्छ । ”

पन्थले भनेझै प्रमुख प्रशासकिय अधिकृत जनक थापा, लेखा अधिकृत शिब अर्याल, सन्तकुमार चौधरी , केशब अर्याल लगायतको सिमित कर्मचारीको टोली नै बजारमा देखिएको छ । अनुगमनकै क्रममा लेखा अधिकृत शिब अर्यालले त सन्चारकर्मिहरुलाइ राजस्वको पनी अनुगमन भएकाले जनप्रतीनिधीहरुको आबश्यक नपर्नेसम्म भन्न भ्याए । जबकी उपप्रमुख कै नेतृत्वमा बजार अनुगमन हुने गर्दछ ।

यता उपभोक्ता हित संरक्षण मन्चका नगर अध्यक्ष दुर्गा गौतमले बजार अनुगमन भइरहेको तर आफु नगएको बताए । केहिदिन अधी सैनामैनाकै वडा नम्बर ६ मा पनी बजार अनुगमन गर्दासमेत उपप्रमुख र जनप्रतीनिधी सरोकारवालाहरु देखिएनन । कार्यब्यस्तताले आफु अनुगमनमा सरिक हुन नसकेको उपप्रमुख रानाले प्रस्टाइन ।

सैनामैनाका मदिरा ब्यबसायी राजु सापकोटा ले बिना दर्ता सन्चालन भएका पसलहरुको अनुगमनलाइ दरिलो बनाउनुपर्ने बताउछन । ठुला ठुला पसलमा मात्रै कर्के नजर लगाउनु भएन , अहिले चरम आर्थिक मन्दि छ , सापकोटाले भने – अनुगमन गर्दा किराना पसलमा पनी बिना दर्ता खुलम खुला मदीरा बेचिरहेका छन । हामीले कर तिर्ने किरानाले मदिरा बेच्नु त भएन नी ? यता तर्फपनी ध्यान दिन पर्यो । ”

यता सैनामैना नगरपालीकाका प्रमुख फणेन्द्र शर्माले उपप्रमुखको नेतृत्वमा अनुगमन हुने गरेको भन्दै बजार अनुगमनलाइ चाडपर्वमा मात्र होइन अघिपछी पनी जारी राख्ने दाबी गरे । तर शर्माले भनेजस्तो बजार अनुगमनमा न कडाइ देखिन्छ न जनप्रतीनिधी नै देखिन्छन केबल सिमित कर्मचारीको भरमा फितलो अनुगमन भइरहेको छर्लङै देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation