सैनामैनामा सरकारी स्कुलको गाँस काटी, निजि स्कुललाई- पुर्ब मेयर कार्कि

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ९ मा रहेको जनचेतना माध्यमिक विद्यालयको ४० औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।
बार्षिकोत्सव तथा अभिभावक दिवसको एक समारोहका बीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गर्नुभयो ।

सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीले सैनामैनाका सरकारी स्कुलको दुरावस्थाप्रति प्रकाश पार्दै सैनामैना नगरपालिकाले सरकारी स्कुललाई बेवास्ता गरेर बोर्डिङ स्कुललाई तीन लाख सेनेटरी प्याड किन्न पैसा दिएको बताउनु भयो । उहाँले देशभरका ७५३ स्थानीय पालिकाहरुमध्ये सैनामैनामात्रै सरकारी स्कुलको गास काटेर बोर्डिङलाई लगानी गरिएको जिकिर गर्नुभयो । यस्तै गतिविधि गर्दै जादा बेरुजु बड्दै गैरहेको भन्दै, महालेखाले के खायर अडिट गर्छ भन्दै प्रस्न गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे, सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र पुरी, विद्यालयका प्रधानाध्यापक कमल बेलबासे लगायतले विद्यालयको विषयमा बोल्नुभएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज आत्रेयको अध्यक्षतामा भएको बार्षिकोत्सव उदघाटन कार्यक्रममा स्वागत शिक्षक बिमला खनालले स्वागत गर्नुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न खेल प्रतियोगितामा बिजयी विद्यार्थी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation