सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ शुक्रबार सार्वजनिक हुँदै

कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह (भोलि) शुक्रबारदेखि बजारमा आउन लागेको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह भोलि दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक हुनेछ ।

कविता संग्रह सार्वजनिक समारोहमा साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गर्नेछन् ।

 

यस संग्रहमा बागी तथा प्रतिरोधी चेतका कविताहरू समेटिएको कवि सुमिना बताउछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation