उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय पाउने भएपछि वामदेवको ‘यूटर्न

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले नयाँ स्वरुप ग्रहण गर्दै सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः आफ्नो पक्षमा बहुमत बनाउन सफल भएका छन् । 

पार्टी उपाध्यक्ष वामदेव गाैतमलाई नयाँ प्रस्ताव राखेर उनले सचिवालयमा पल्लाभारी बनाउन सफल भएका हुन् । यससँगै प्रधानमन्त्री ओलीले सरकार पुनर्गठनको तयारी समेत थालेका छन् । 

प्रधानमन्त्रीको प्रस्ताव राखेर सचिवालय बैठक धकेलेका प्रधानमन्त्री ओलीले उपाध्यक्ष गाैतमलाई आफ्नो पक्षमा ल्याएरै छाडेका छन् । 

आज बालुवाटारमा चलेको लामो छलफलपछि गाैतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने सहमति गरेर सचिवालयमा पल्लाभारी बनाएको स्रोतले जनाएको छ । 

सचिवालय बैठक बस्नुभन्दा अगाडी उनले कडा कसरत गरेर गाैतमलाई आफ्नो पक्षमा ल्याएसँगै प्रधानमन्त्री ओलीसँग अब सचिवालय सदस्यहरु वामदेव गाैतम, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पाैडेलसहित आफू गरेर बहुमत प्राप्त गरेका हुन् । 

उनी गाैतमसँगको छलफल पश्चात राष्ट्रपति निवासमा गएर मन्त्रिमण्डल पुनर्गठनबारे जानकारी दिएको समेत स्रोतले जनाएको छ । स्रोतका अनुसार गाैतमलाई उपप्रधानसहित उनले रोजेको मन्त्रालय दिने आन्तरिक सहमति बनेको हो । यससँगै प्रचण्ड-नेपाल समूह कमजोर बनेको हो । भने, भैसेपाटी गठबन्धन समेत भत्किएको हो  #लुम्बिनीभोइस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation