कञ्चन गाउँपालिकाको बिकास खर्च उत्साहजनक–९ महिनामा ५१ प्रतिशत

१३ वैशाख, कञ्चन । कञ्चन गाउँपालिकाको चालु आर्थिक वर्ष ८०/८१को ९ महिना पुरा भएको छ । यसरी चैत मसान्त सम्मको बजेट कार्यन्वयनको अवस्था उत्साहजनक देखिएको छ । कञ्चन गाउँपालिकाले चैत मसान्त सम्म जम्मा ५१ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागी विनियोजित ५६ करोड, १८ लाख मध्ये चैत मसान्त सम्मको नौँ महिनामा जम्मा २८ करोड ८४ लाख खर्च गरेको हो ।

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमका अनुसार साउन देखि चैत्र सम्मका ९ महिनामा कञ्चनमा पुुुँजीगत तर्फ ४० प्रतिशत र चालु तर्फ ५७ प्रतिशत गरी जम्मा ५१ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत तर्फको १८ करोड ७७ लाख बजेट मध्ये हालसम्म ७ करोड ३६ लाख खर्च भएको छ । चालु तर्फको ३७ करोड ४१ लाख बजेट मध्ये २१ करोड ४८ लाख बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले जनाकारी दिनु भयो ।

जनप्रतिनिधीको लगाव, कर्मचारीको मेहनत, आन्तरिक राजश्व परिचालन र व्यवस्थापनमा ठोस कार्ययोजना बनाउदा बजेट कार्यन्वयनमा सफलता हात लागेको हो । कञ्चन गाउँपालिकाले सहि समयमा सहि योजना बनाउँदै उपभोक्ता समिति मार्फत हुने काम र ठेकेदार मार्फत हुने कामलाई समयमै सकाउन निर्देशन दिएपछि बजेट कार्यन्वयनमा प्रगति देखिएको हो ।
विकासे अड्ढाहरुमा आर्थिक बर्षको अन्तिममा हतार–हतार भौतिक पुर्वाधारका काम गर्ने प्रचलन भइरहेको अवस्थामा कञ्चन गाउँपालिकाले योजनाबद्घ बजेट कार्यन्वयन गर्नु राम्रो कार्य हो । समयमा बजेट कार्यन्वयन योजना तर्जुमा गरी लागु गर्नु, आपसमा सहमति कायम हुनु, पालिकाभित्र बजेट कार्यान्वयनको चर्चा हुनु स्वयंमा आधा लडाई जित्नु हो ।

कञ्चन गाउँपालिकामा पुरै योजनालाई सुचिकृत गरी अध्यक्ष, उपाअध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकिय अधिकृत, योजना अधिकृत, लेखा अधिकृत, प्राविधिक अधिकृत लगायतलाई योजना जिम्मा लगाई स–साना टिम बनाएर जिम्मेवारी वितरण गरिसकेपछिको सफलता भएको प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation