सैनामैनामा एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सम्पन्न

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ ।

एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन र गरिवीका रेखामुनी रहेका परिवारलाई सिप सिकाएर उद्यमी तथा स्वरोजगार बनाउन यो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगरपालिकाले नगरमा धेरै किसिमका सीपका तालिम सञ्चालन गरी रहेको वताउदै यो तालिम निकै प्रभावकारी रहेकोे बताउनुभयो । उहाँले प्रत्येकका घरमा कपडा सिलाउनु पर्ने हुन्छ, एउटा कोट सिलाएको मुल्य न्युनतम चार हजार पर्छ यो तालिमले कोट सिलाउन नसकिएला तर महिला दिदीबहिनीहरुका लागी कुर्ता सुरुवाल सिलाउन सकिने भन्दै यो सिकेको सिपलाई ब्यभारमा ल्याउन समेत आग्रह गर्नुभयो । यस्तै प्रमुख शर्माले अहिले सवैलाई राम्रो वन्नु पर्ने हुन्छ धेरै दिदी बहिनी पार्लरमा गएर हजारौ पैसा तिरेर राम्रो वन्ने चलन छ यसबाट राम्रो आम्दानीको श्रोत समेत भएकोले महिला दिदीवहिनीहरुलाई यो व्युटिसियन तालिम दिएको बताउनुभयो ।

यस्तै नगर उपप्रमुख विना रानाले सिकेको सीपलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाले यदि महिला दिदीबहिनीहरुले यो सिकेको सीपलाई मिलेर सामुहिक रुपमा काम गर्ने इच्छया शक्ति जायर गर्नुभयो वा व्यवसाय सुरु गर्न चाहानुभयो भने नगरले जग्गा उपलव्ध गराउने र अन्य प्रकृया समेत अगाढी बढाउन आफु र नगरपालिका तयार भएको जानकारी गराउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवल ज्ञवाली, सैनामैना नगरपालिका वडा न. ७ वडा अध्यक्ष राजकुमार चौधरीले आफ्ना शुभकामना भनाई राख्नुभएको थियो ।

सिलाइ कटाई र व्युटिसियन तालिमका सहभागीले यो तालिम निकै प्रभावकारी वनेको र आगामी दिनमा यस्तै तालिमहरु ल्याउन आग्रह गरेका छन् । तालिम सिकाई मात्र नभएर आफुहरुको क्षमता बृद्धि समेत भएको सहभागीले बताए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम गत बैशाख ३० गतेबाट सञ्चालन भएको थियो । वडा नं. ७ का १९ जना दिदीबहिनीहरु सिलाई कटाईमा र ७ जना दिदीबहिनीहरु व्यटिसियन तालिममा सहभागी हुनुहुन्थ्यो । सिलाई कटाईमा सहभागी मध्ये समुह निमार्ण गरी ६ वटा सिलाई मेसिन समेत हस्तान्तरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation