लकडाउनका बेला रुपन्देहीमा गौ कसी

लुम्बिनी २१ बैशाख,

बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिट १९ ) को रोकथाम तथा नियन्त्रणका लागि लकडाउनमा प्रहरीको ध्यान केन्द्रित भएको बेला रुपन्देहीमा गौ कसी भएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार जिल्लाको पश्चिमी क्षेत्र लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. ११ जितवापुर गाँउको पूर्ब सिमानमा मजीद मुसलमानको निजी पानी पोखरीमा प्लाष्टिकमा पोको पारी गाईको भूडी र छाला फेला पारिएको हो ।
बाख्रा चराई रहेका बालबालिकाहरु पानीमा पोको देखेर हल्ला गरेपछि घटना स्थलमा पुगेको प्रहरीटोलीले स्थानीयको सहयोगमा प्लाष्टिकको पोको बाहिर निकाली नियालेर हेर्दा पोको भित्र भूडी सँगै सेतो रंगको छाला , पुच्छर तथा यौनाङ्गबाट गाई नै भएको प्रहरी निरीक्षक ईश्वरकार्कीले जानकारी गराए ।
प्रहरी निरीक्षक कार्कीले पोको भित्र भूँडी र छाला मात्रै भएको हुदा अन्त तिर गाईकाटी मासू निकालेर पानी भित्र कसैले फालेको हुन सक्ने स्पष्ट पारेका छन ।
घटना स्थलको सार्बजनिक मुचुल्का पश्चात आवश्यक अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले बताएको छ ।
बुद्धजन्म स्थल लुम्बिनी क्षेत्रमा बीस बर्ष पछि दोस्रो पटक गरिएको गौकसी अपराधका अपराधी कानूनको दायरा भन्दा बाहिर रहेको हुदा सनसनी समेत मच्चिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation