मुर्गिया खानेपानी र सुपर परियोजनाद्धारा वृक्षारोपण

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था सैनामैनाको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, शहरी पूर्व तयारी आपतकालिन प्रतिकार्य प्रर्वद्धन (SUPER) परियोजनाको सह–आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

प्राकृतिकमा आधारीत समस्या समाधान गर्ने उद्धेश्यले शनिवार मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था रेडक्रस बाटीकाको ढल प्रशोधन केन्द्र सैनामैना–४,राधाकृष्ण टोलमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि शर्माले वृक्षारोपण प्रकृति संरक्षणको महत्वपूर्ण कार्य हो । यसले वातावरणीय सन्तुलन बिग्रन नदिन र हरियाली जोगाई राख्न मात्रै भूमिका खेल्दैन पहिरो रोक्न, पानीको स्रोत बढाउन लगायतका अनेक फाइदा पु¥याउँछ । यही कारण पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको सस्थालाई धन्यवाद दिनुभयो ।

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष प्रेम बहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, खुसिराम चोधरी, धन बहादुर कार्की, शालिकराम भण्डारी, कृष्ण प्रसाद पंगेनी, मिना शर्मा, सरस्वती रेग्मी (सोनु) दिवाकर सुवेदी, तेजनारायण सुवेदी, खानेपानीका उपाध्यक्ष देवीदत्त सुवेदी र सचिव भिम बहादुर खड्का लगायतका सामाजिक व्यक्तित्व तथा स्थानियहरुको सहभागितामा वृक्षारोपण कार्यक्रम गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation