सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुदैं

सैनामैना । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले मंगलवार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका विद्यालयहरु बिच लोकभनज प्रतियोगिता गर्न लागेको आयोजकले जानाकारी दिएको छ ।

आउंदो मंसिर १५ गते सैनामैना नगरपालिका वडा नं। ३ मा रहेको दुर्गामन्दिर प्राङगणमा हुने लोक भजन प्रतियोगितामा जिल्लाका करि ३० भन्दा बढि विद्यालयलाई सहभागि गराउने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले जानकारी गराउनुभयो । लोक भजन पछिल्लो समय लोप हुंदै गएको र त्यसको संरक्षण र प्रबद्र्धन विद्यालयका बालबालिकाहरुबाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागेको उहाको भनाइ छ ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा पर्रोहा माध्यामीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद अधिकारीले अहिले सैनामैनामा धार्मिक जागरणले यहाका नागरीकलाई मानसिक स्वास्थ्यको क्षेत्रमा निकै ठुलो महत्व खेलेको उल्लेख गर्नुभयो । उहाले यो सवै वातावरण सिर्जना गर्न राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल रुपन्देहीको र सैनामैनाको भुमिका अतुलनिय रहेका बताउनुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाकी नगर उप–प्रमुख विना रानाले यो लोक भजन बढी ब्राहमण जातीमा मात्र हुने भन्दै सवै जातजातीलाई समेटेर लैजान सस्थालाई आग्रह गर्नुभयो । उप–प्रमुख रानाले कार्यक्रम सफल गराउन नगरपालिका तयार रहेको समेत जानकारी गरानुभयो ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दामोदर अधिकारीले भजन प्रतियोगिता विद्यालय स्तरमा पहिलो पटक हुन लागेको भन्दै यसले नेपाली संस्कार, संस्कृतिको जर्गेना गर्ने बताउनुभयो ।

करिव ३ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार प्राप्त गर्ने आयोजकको दावी छ । हाल लोक भजन चुड्का संरक्षण प्रतिष्ठान ५३ भन्दा बढि जिल्लामा फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation