सैनामैना । सैनामैना नगरपालिकामा गत आर्थिक बर्ष २०८०÷८१ को वाह्र महिनाको अवधिमा १ सय १९ जोडिको सम्वन्ध विच्छेदको घटना दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरेका कारण यस्ता घटनामा वृद्धि हुन थालेको विश्लेषण गर्न थालिएको छ ।
नगपालिकाका अनुसार सम्बन्ध विच्छेदको उक्त संङ्ख्या विसं २०८० साउन महिनादेखि २०८१ असारसम्मको हो । सैनामैना नगरपालिका वडा नम्वर १मा १७ जोडि, वडा नं. २मा १२ जोडि, वडा नं. ३मा ११ जोडि, वडा नं. ४मा ७ जोडि, यसैगरि वडा नं. ५मा १ जोडि, वडा नं. ६मा ४ जोडिले सम्वन्ध विच्छेद गरेका छन् । यसैगरि वडा नं. ७मा ११ जोडि, वडा नं. ८मा ७ जोडि, वडा नं. ९मा ६ जोडि, वडा नं. १०मा ३९ जोडि र वडा नं. ११मा ४ जोडिले सम्वन्ध विच्छेदका घटना दर्ता गराएका हुन् । यसरि हेर्दा सैनामैना नगरपालिका वडा नम्वर १० सवैभन्दा बढी ३९ जोडिले सम्वन्ध विच्छेद गरेका छन् भने सबैभन्दा कम वडा नं.५मा १ जोडिले सम्वन्ध बिच्छेद गरेका छन् ।
सम्बन्ध विच्छेदका कारण उनीहरूबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन् । बाल मस्तिकमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन । सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पुर्याउने चिन्ता व्यक्त गर्न थालिएको छ । सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ ।