सैनामैनामा माओबादी केन्द्रको वडा अधिबेशन सुरु

सैनामैना १३ मंसिर । रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले अधिबेशन  सुरु गरेको छ । माओवादी केन्द्रले सैनामैनाको वडा नम्बर १ र ४को वडा अधिबेशन  आज सम्पन्न गरेको छ । सम्मेलनबाट वडा न१ र ४मा नयाँ नेतृत्व निर्बाचित भयको  छ ।

सैनामैना नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नारायण प्रसाद पाण्डे , उपाध्यक्षमा माया पाण्डे र लिल बहादुर बिक, सचिबमा अमन बोहरा, कोषाध्यक्षमा मुना क्षेत्रि सहित २५ सदस्यीय वडा समिती निर्बाचित भयको हो ।

यस्तै सैनामैना नगरपालिका वडा नम्बर ४को नवनिर्वाचित अध्यक्षमा ईश्वरी पन्थी, उपाध्यक्षमा बालकृष्ण शर्मा, सचिबमा रामदेव चौधरी, कोषाध्यक्षमा निर्मला बगाले, सहसचिब सागर विश्वकर्मा लगायत सर्वसम्मत चयन भएको वडा कमिटिका ईञ्चार्ज गोविन्द्र खरेलले जानकारी दिए । साथै,सल्लाहाकारमा हेमन्त भट्टाराई, तारा बहादुर सुनार, कुमार नेपाली लगायत रहेका छन् ।
सैनामैना नगरपालिका वडा नम्बर १ को सम्मेलनमा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने सम्मेलनले पार्टीमा नयाँ उभार पैदा भएको प्रतिक्रिया दिए । उनले जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताए । वर्तमान सरकारले गरेकोे कुकर्मका कारण जनता माओेवादी नै सही हो भन्ने निष्र्कशमा पुगेको उनको भनाई छ । माओेवादी नेतृत्वकोे सरकारले लोेडसेडिङ हटाउने, भ्रष्ट्रचार नियन्त्रण गर्ने जस्ता जनमुखि काम गरेको उल्लेख गर्दै देश निर्माण गर्ने एक मात्र पार्टी माओवादी भएकोे दाबी गरे ।

यस्तै सैनामैना नगरपालिका वडा नम्बर ४ को सम्मेलनमा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र रुपन्देही संयोजक नारायण जि सि (निर्मल) ले भने संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले माओवादी पार्टी जनताको पार्टी भएकाले जनताको हरेक सुख दुखमा साथ दिन आग्रह गरे । माओवादीले देश निर्माण गर्ने सपना देखेर दश बर्षे जनयुद्ध गरेकोे स्मरण गर्दै नेता जिसीले माओवादीलाई विचलित हुने छुट नरहेकोे बताए । माओेवादी केन्द्रले देशैभर वडा सम्मेलन गरीरहेको छ ।

कार्यक्रममा वडा कमिटि अध्यक्ष हेमन्त भट्टाराई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द केसि, खिम बहादुर बिक, भोलानाथ बस्याल, दिपिका शर्मा, राम बहादुर कुवर, नेकपा माओवादी केन्द्र सैनामैना नगरअध्यक्ष नारायण महत, युवा नेता रोमनाथ न्यौपाने, दिपक भण्डारी, निर्वाचन समितिका संयोजक तेजनारायण सुवेदी, युवा नेता खिमानन्द खरेल लगायतको आतिथ्यता रहेको थियो ।
वडा नम्बर चारको सम्मेलनमा वडा कमिटिका ईञ्चार्ज गोविन्द्र खरेलको स्वागत तथा सचिब ईश्वरी पन्थीको रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation